Logo

२०८३, आश्विन १०गते


images
images

खराब मौसम

मौसम खराब भएपछि हवाई उडान प्रभावित : भैरहवाबाट काठमाडौं उडेको विमान भैरहवानै डाइभर्ट

मौसम खराब भएपछि हवाई उडान प्रभावित : भैरहवाबाट काठमाडौं उडेको विमान भैरहवानै डाइभर्ट

images
  • मौसम खराब भएपछि हवाई उडान प्रभावित : भैरहवाबाट काठमाडौं उडेको विमान भैरहवानै डाइभर्ट
    images
    images

    काठमाडौँ । मौसम खराब भएपछि हवाई उडान प्रभावित भएको छ । विहिबार बिहानद्केही परेको झरीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।

    images
    images
    images

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान डाइभर्ट भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ ।

    images
    images
    images

    शेर्पाका अनुसार काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान विराटनगरनै डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा तर्फनै डाइभर्ट भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ भने इण्डिगो एयर र एयर इण्डियाको विमान क्रमश: दिल्ली र लखनऊ डाइभर्ट भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबार सम्म रहने बताएको छ ।

    विभागले शनिबारसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने र उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खराब मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।