Logo

२०८३, श्रावण २७गते


images
images

मेलिसा आँधी

मेलिसा आँधीको चपेटामा क्यारिबियन क्षेत्र, हालसम्म ३० जनाको मृत्यु

मेलिसा आँधीको चपेटामा क्यारिबियन क्षेत्र, हालसम्म ३० जनाको मृत्यु

images
  • मेलिसा आँधीको चपेटामा क्यारिबियन क्षेत्र, हालसम्म ३० जनाको मृत्यु
    images
    images

    काठमाडौँ । क्यारिबियन क्षेत्र हाल आँधी मेलिसाको चपेटामा छ । मंगलवार जमैकामा अवतरण गरेपछि, विनाशकारी आँधी क्युबा र हैटी पुगेको छ, जसमा कम्तिमा ३० जनाको मृत्यु भएको छ र हजारौं घरबारविहीन भएका छन् । तीव्र हावाले घरका छाना उडाएको छ भने बिजुलीका पोलहरू ढालेको छ र सयौं घरहरू डुबानमा परेका छन् ।

    images
    images
    images

    जमैकाको सेन्ट एलिजाबेथ क्षेत्रमा पहिरो र बाढीले सडकहरू हिलोले ढाकेका छन् । रिपोर्ट अनुसार २५ हजारभन्दा बढी मानिसहरू राहत शिविरहरूमा छन् । टापुको ७७ प्रतिशत विद्युत आपूर्ति काटिएको छ । सरकारले राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न रहेको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै क्युबाको स्यान्टियागो प्रान्तमा तीव्र हावा र वर्षाले विनाश मच्चाएको छ । ७ लाख ३५ हजारभन्दा बढी मानिसहरूलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । स्थानीय मिडियाका अनुसार, धेरै अस्पताल र विद्यालयहरू क्षतिग्रस्त भएका छन् 

    images
    images
    images

    त्यस्तै हैटी नागरिक सुरक्षा एजेन्सीका अधिकारीले धेरै दर्जन मानिसहरू अझै पनि बेपत्ता छन् । दक्षिणी तटीय शहर पेटिट-ग्वाभमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ बाढीले दर्जनौं घरहरू ध्वस्त पारेको छ ।

    यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारिबियन देशहरूमा राहत टोलीहरू तैनाथ गर्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बढ्दो मृत्युको संख्यामा चिन्ता व्यक्त गर्दै प्रहरी र उद्धार एजेन्सीहरूले मानव अधिकारको मापदण्ड अनुसार काम गर्नुपर्ने बताएका छ ।

    श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्रसंघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधीको रूपमा वर्णन गरेको छ । आँधीले पहिले हाइटी र डोमिनिकन गणराज्यमा प्रहार गरेको थियो, र अब जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ । आँधीले जमैकामा प्रहार गर्दा यसको प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा ल्याएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेलिसा आँधी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।