Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीमा जिल्ला लिग छनौट जारी, सिम्रिकद्वारा पहिलो जीत दर्ता

रुपन्देहीमा जिल्ला लिग छनौट जारी, सिम्रिकद्वारा पहिलो जीत दर्ता

images
  • सेतोमसी सहकर्मी
  • रुपन्देहीमा जिल्ला लिग छनौट जारी, सिम्रिकद्वारा पहिलो जीत दर्ता
    images
    images

    बुटवल । रुपन्देहीमा जारी जिल्ला लिग छनौट प्रतियोगितामा सिम्रिक युवा क्लबले आफ्नो पहिलो जित दर्ता गरेको छ । चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको समूह बी तर्फको खेलमा सिम्रिकले सयपत्री युवा क्लबलाई ३–१ ले हराउँदै पहिलो जित दर्ता गरेको हो । 

    images
    images
    images

    त्यस्तै समूह ए तर्फ डिंगरनगर स्थित जनज्योति खेलमैदानमा भएको खेलमा कालिका स्र्पोटिङ क्लब र इन्टर स्पोर्टस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । 

    images
    images
    images

    जारी छनौट प्रतियोगितामा जिल्ला फुटबल संघमै आवद्ध रहेका नौं क्लबहरुले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष एक–एक टोली जिल्ला लिगको फाइनल राउण्डका लागि छनौट हुने लिग कमिटी संयोजक मुकेश कुँवरले बताए । 

    images
    images
    images

    कुँवरका अनुसार जिल्ला लिग छनौटबाट आएका दुई क्लबहरुले गत सिजन जिल्ला लिगमा शिर्ष आठ भित्र पर्न सफल भएका अन्य आठ क्लबहरुसँग यस बर्ष जिल्ला लिगको फाइनल राउण्डमा खेल्नेछन् । 

    जिल्ला लिगको फाइनल राउण्डमा कुल १० टोलीहरुले प्रतिस्पर्धा गर्ने संयोजक कुँवरले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।