Logo

२०८३, आश्विन ९गते


images
images

महामाया भवानीमा कांग्रेस पक्षीय प्यानल विजयी, अध्यक्षमा लक्षु न्यौपाने

महामाया भवानीमा कांग्रेस पक्षीय प्यानल विजयी, अध्यक्षमा लक्षु न्यौपाने

images
  • महामाया भवानीमा कांग्रेस पक्षीय प्यानल विजयी, अध्यक्षमा लक्षु न्यौपाने
    images
    images

    देवदह । रुपन्देहीको देवदह क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएका छन् । सोमवार महामाया भवानी माध्यमिक विद्यालयमा दलहरु प्यानल नै बनाएर निर्वाचनमा होमिए ।

    images
    images
    images

    निर्वाचनमा नेपाली कांग्रेस पक्षीय प्यानल विजयी भएको छ । नेकपा एमाले, माओवादी र समाजवादीको संयुक्त गठबन्धनलाई पराजित गर्दै कांग्रेस पक्षीय उम्मेदवारहरु कृष्णप्रसाद श्रेष्ठ (१४८), ओमप्रकाश श्रेष्ठ (१५१), सरस्वती पौडेल (१५४) र शान्ति एसके (१४९)  विजयी भए । 

    images
    images
    images

    चुनावी प्रतिष्पर्धामामा वाम गठबन्धनका उम्मेदवारहरु सिमा चौधरीले ११३, मनबहादुर दर्जीले १११, केपिला रानाले ११२ र केशरीमाया गुरुङ्गले १०७ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    निर्वाचित समितिको पहिलो बैठकले दुई सदस्य मनोनीत गर्दै अध्यक्ष समेत चयन गरेको छ । लक्षु न्यौपाने शर्मा र पुष्पा खौसिया चौधरीलाई मनोनीत गरी बसेको बैठकले लक्षु न्यौपाने शर्मालाई अध्यक्ष चयन गरेको विद्यालयका प्राचार्य ऋषिश्वर अर्यालले जानकारी दिए  ।  

    निर्वाचनमा ३५१ मतदाता मध्ये २६९ जना सहभागी भएको नगर शिक्षा अधिकृतसमेत रहेका निर्वाचन संयोजक परशुराम ढकालले जानकारी दिए । 

    विहान ८ बजे देखि शुरु भएको मतदान प्रक्रिया दिउसो २ बजे सम्पन्न भएको थियो ।

    समाचार संकलनमा पत्रकारलाई अवरोध !

    विद्यालय व्यवस्थापन समितिको निर्वाचनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई समाचार संकलनमा अबरोध गरिएको देवदह प्रेस क्लबले जनाएको छ । क्लबका सचिव निर्मल थापाद्वारा जारी प्रेस विज्ञप्तिमा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती र सेतोमसी डटकमका संवाददाता देवी पौडेललाई समाचार संकलनमा अबरोध गरिएको भन्दै प्रेस क्लबले ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले समाचार संकलनमा अबरोध गरिनु लोकतन्त्र विरोधी कार्य भएको बताए । स्वतन्त्र ढंगले समाचार संकलन गर्न पाउनु पत्रकारको अधिकार भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले आफुले विद्यालय प्रशासन र नगर नेतृत्वलाई घटनाबारे ध्यानाकर्षण गराउंदै कानुनले दिएको अधिकार प्रयोग गर्नबाट नरोक्न आग्रह गरेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।