विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलिएको छ । आइतबार राति १० बजे कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको थियो ।
त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology