Logo

२०८३, आश्विन १०गते


images
images

समुद्री यात्रा

तीन दाजुभाइको १४० दिनको समुद्री यात्रा : बनाए यस्तो कीर्तिमान

तीन दाजुभाइको १४० दिनको समुद्री यात्रा : बनाए यस्तो कीर्तिमान

images
  • तीन दाजुभाइको १४० दिनको समुद्री यात्रा : बनाए यस्तो कीर्तिमान
    images
    images

    काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोक र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान बनाएका छन् । 

    images
    images
    images

    योसँगै उनीहरु प्रशान्त महासागर पार गर्ने पहिलो टोली बनेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । यस अघि यो किर्तिमान सन् २०१४ मा रुसी रोवर फेडोर कोन्युखोभले  १५९ दिन यात्रा गरेर बनाएका थिए । उनीहरूले लगभग १४० दिन समुद्रमा बिताएपछि यो उपलब्धि हासिल गरेका हुन् ।

    images
    images
    images

    जेमी, इभान र लाचलान म्याक्लिनले पेरुबाट अष्ट्रेलियासम्म १४ हजार ४८४ किलोमिटर यात्रा गरेको बीबीसीले उल्लेख गरेको छ । तीन दाजुभाइले यस यात्राका लागि मेडागास्करमा सफा पानी परियोजनाहरूको लागि कोष जुटाउने चुनौती स्वीकार गरेर यो यात्रा गरेका थिए । उनीहरुले मेडागास्करमा ४० हजार मानिसलाई सफा पानी उपलब्ध गराउने परियोजनाका लागि १.६४ मिलियन डलर भन्दा बढी उठाएको बताइएको छ ।

    images
    images
    images

    यस यात्राका क्रममा उनीहरूले खतरनाक आँधीबेहरीको सामना गर्नुपरेको थियो, जसका कारण उनीहरूले लामो बाटो हिँड्नुपरेको थियो । आँधीबेहरीको समयमा, लाचलानलाई ठूलो छालले डुङ्गाबाट बगाएको थियो, तर उनलाई फिर्ता तानिएको थियो ।

    जब तीन दाजुभाइ अष्ट्रेलियाको केर्न्स पुगे र परिवार र साथीभाइलाई भेटे, उनीहरूले केवल पिज्जा खान र शान्तिपूर्वक सुत्न चाहेको बताएका थिए ।

    इवानले बिबिसीसँग कुरागर्दै भने- 'यो अझै पनि अलि अनौठो छ । हाम्रो खुट्टा जमिनमा राख्न अलि समय लागिरहेको छ, तर केर्न्समा हामीले पाएको न्यानो स्वागत अद्भुत छ ।' जेमीले यो यात्रा शारीरिक र मानसिक दुवै रूपमा 'अत्यन्तै कठिन' रहेको बताए । उनले तिनै भाई एक बलियो टोली बनेको र यो ठूलो चुनौतीलाई पार गरेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समुद्री यात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।