Logo

२०८३, आश्विन १०गते


images
images

भारतीय अर्थतन्त्र

पहिलो त्रैमासिकमा भारतीय अर्थतन्त्र ७.८ प्रतिशतले बढ्यो

पहिलो त्रैमासिकमा भारतीय अर्थतन्त्र ७.८ प्रतिशतले बढ्यो

images
  • पहिलो त्रैमासिकमा भारतीय अर्थतन्त्र ७.८ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ । भारत सरकारले पछिल्लो जीडीपी तथ्याङ्क सार्वजनिक गरेको छ । यस अनुसार, अप्रिल-जुन त्रैमासिकमा भारतीय अर्थतन्त्र ७.८ प्रतिशतको दरले बढेको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय जानकारी दिएको छ । आर्थिक वर्ष २०२४-२५ को पहिलो त्रैमासिकमा ६.५ प्रतिशत को वृद्धि दर थियो ।

    images
    images
    images

    पछिल्ला तथ्याङ्कहरू अपेक्षा गरिएको भन्दा राम्रो देखिएको छ । यस अवधिमा जीडीपी वृद्धि दर ६.७ प्रतिशत हुने अनुमान गरिएको थियो ।

    images
    images
    images

    यो पछिल्लो पाँच त्रैमासिकमा सबैभन्दा धेरै वृद्धि हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीडीपी वृद्धि मुख्यतया कृषि क्षेत्रको राम्रो प्रदर्शनको कारणले भएको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    कृषि तथा सम्बद्ध क्षेत्रले यस आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३.४ प्रतिशतको वृद्धि हासिल गरेको छ, जबकी अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासिकमा यो १.५ प्रतिशत मात्र रहेको थियो ।

    यो वृद्धि अमेरिकी भन्सार शुल्क लागू हुनुभन्दा पहिले रेकर्ड गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय अर्थतन्त्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।