Logo

२०८३, आश्विन ९गते


images
images

आईटी क्षेत्रका दक्ष जनशक्तिलाई सरकारले २ लाखसम्म तलब व्यवस्था गरेको छ : प्रधानमन्त्री

आईटी क्षेत्रका दक्ष जनशक्तिलाई सरकारले २ लाखसम्म तलब व्यवस्था गरेको छ : प्रधानमन्त्री

images
  • आईटी क्षेत्रका दक्ष जनशक्तिलाई सरकारले २ लाखसम्म तलब व्यवस्था गरेको छ :  प्रधानमन्त्री
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताउदै यसले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने बताएका छन् । 

    images
    images
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धि नर्म्स, २०८२ जारी गर्दै सूचना प्रविधि क्षेत्रमा काम गर्नेको न्युनतम पारिश्रमिक ४० हजारदेखि २ लाखसम्म तोकेपछि प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भनेका छन्- 

    images
    images
    images

    सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ ।  यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ।  यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।