Logo

२०८३, आश्विन ९गते


images
images

इम्बोस्ड नम्बर प्लेट

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आह्वान

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आह्वान

images
  • इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आह्वान
    images
    images


    काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आह्वान गरेको छ । सोमवार विज्ञप्ति जारी गर्दै महासंघले अव्यावहारिक विषयहरू संशोधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो ।

    images
    images
    images

    विज्ञप्ति मार्फत महासंघले भनेको छ, ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबिचको छलफल संवादबिच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ ।’

    images
    images
    images

    जबर्जस्ती प्लेट जडान गर्न खोजिए हुने विरोध र दबाबका गतिविधिप्रति स्वयम् यातायात मन्त्रालय मातहतका निकाय नै जवाफदेही हुने महासंघले चेतावनी दिएको छ ।

    images
    images
    images

    नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा आवश्यक पूर्वाधारविना नै नागरिक र सिङ्गो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा भएको सरकारको निर्णयका कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ ।

    536266441_1020821243330611_7073431671487409238_n2025-08-25-04-03-37.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इम्बोस्ड नम्बर प्लेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।