Logo

२०८३, आश्विन १०गते


images
images

महिला च्याम्पियनसिप

साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

images
  • साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै
    images
    images

    काठमाडौं । नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुदैछ । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो ।

    images
    images
    images

    त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो । अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

    images
    images
    images

    नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    नेपाली खेलाडीगोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ, डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु बिक, मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा बिक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल, फरवार्ड:अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मागर र दिक्षा रानपाल रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला च्याम्पियनसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।