Logo

२०८३, आश्विन १०गते


images
images

इरानविरुद्ध ठूलो कदम चाल्ने बेलायत, फ्रान्स र जर्मनीको तयारी

इरानविरुद्ध ठूलो कदम चाल्ने बेलायत, फ्रान्स र जर्मनीको तयारी

images
  • इरानविरुद्ध ठूलो कदम चाल्ने बेलायत, फ्रान्स र जर्मनीको तयारी
    images
    images

    काठमाडौँ । बेलायत, फ्रान्स र जर्मनीले इरानविरुद्ध ठूलो कदम चाल्ने तयारी गरिरहेका छन्, तर यसका लागि उनीहरूले इरानलाई समयसीमा पनि दिएका छन् ।

    images
    images
    images

    यी तीन देशहरूले संयुक्त राष्ट्र संघलाई यदि इरानले अगस्तको अन्त्यसम्ममा आणविक कार्यक्रममा वार्ता पुनः सुरु गरेन भने, उनीहरू त्यसमाथि फेरि प्रतिबन्ध लगाउने जानकारी दिएका छन् ।

    images
    images
    images

    बेलायत, फ्रान्स र जर्मनीलाई 'इथ्री' देश पनि भनिन्छ । उनीहरुले यदि इरानले वार्ता पुनः सुरु गरेन भने, उनीहरू 'स्न्यापब्याक संयन्त्र' लागू गर्न तयार रहेको चेतावनी दिएका छन् ।

    images
    images
    images

    स्न्यापब्याक संयन्त्र वास्तवमा एउटा प्रावधान हो,  जस अन्तर्गत यदि इरानले आणविक सम्झौताका सर्तहरू उल्लङ्घन गरेको मानिन्छ भने, २०१५ भन्दा पहिले संयुक्त राष्ट्र संघका सबै कडा प्रतिबन्धहरू स्वतः फेरि लागू हुन्छन् ।

    बेलायत, फ्रान्स र जर्मनीले उनीहरूले अगस्तको अन्त्यसम्म वार्ताको लागि समयसीमा बढाउने प्रस्ताव गरेका थिए, जसको इरानले जवाफ दिएको छैन ।

    गत महिना, इरानले हाल रहेका प्रतिबन्धहरू हटाइयो र नागरिक आणविक कार्यक्रमको अधिकारलाई मान्यता दिइयो भने मात्र थप वार्ताको लागि तयार रहेको बताएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।