Logo

२०८३, आश्विन १०गते


images
images

ऋणमा फस्यो अमेरिका : सार्वजनिक ऋण ३७ ट्रिलियन डलर नाघ्यो

ऋणमा फस्यो अमेरिका : सार्वजनिक ऋण ३७ ट्रिलियन डलर नाघ्यो

images
  • ऋणमा फस्यो अमेरिका : सार्वजनिक ऋण ३७ ट्रिलियन डलर नाघ्यो
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्रको बारेमा ठूला दाबी गरिरहेका छन् तर उनी देशको बढ्दो ऋण रोक्न असफल भएको देखिएको छ । अमेरिकाको ऋण पहिलो पटक आधिकारिक रूपमा ३७ ट्रिलियन डलर नाघेको छ ।

    images
    images
    images

    जुलाई ४ मा वान बिग ब्युटिफुल बिल एक्ट लागू भएदेखि देशको ऋण ७८० अर्ब डलरले बढेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । अर्थात्, यो हरेक दिन २२ अर्ब डलरले बढेको छ । अमेरिकामा ऋण संकट दिनप्रतिदिन बढ्दै गइरहेको छ।

    images
    images
    images

    अमेरिकाको कांग्रेसनल बजेट अफिसले २०३३ सम्म अमेरिकाको ऋण बढेर ५७ ट्रिलियन डलरसम्म पुग्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    कोरोना महामारी पछि अमेरिकाको ऋण १४ ट्रिलियन डलरले बढेको देखिएको छ । अहिले अवस्था यस्तो बनेको छ कि अमेरिकाले अहिले लगभग एक बर्षमा १० ट्रिलीयन डलर साँवा र ब्याज गरेर तिरिरहेको बीबीसीले उल्लेख गरेको छ ।  

    अहिले ट्रम्पले अर्थतन्त्रको बारेमा जेसुकै दाबी गरे पनि देशको ऋणको अवस्था निरन्तर भयावह बन्दै गइरहेको देखिएको छ । यदि यो चाँडै सुधार भएन भने, सरकारसँग बाँकी विकास कार्यको लागि पैसा नहुने र सबै पैसा ऋण चुक्ता गर्न खर्च हुने अवस्थाप्रति चिन्ता प्रकट गरिएको छ । गत हप्ता मात्र, सरकारले १० लिलामी मार्फत ७२४ अर्ब डलरको बन्ड बेचेको थियो ।

    अमेरिकाले भारत लगायत धेरै देशहरूबाट आउने सामानहरूमा भारी शुल्क लगाएको छ। भारत र ब्राजिलमा ५० प्रतिशत कर लगाइएको छ । ट्रम्पले यस कदमले धेरै पैसा आउने र ऋण तिर्न सहज हुने दाबि गर्दै आएका छन् । ट्रम्पले भनेका छन्- 'म जे गरिरहेको छु त्यसको मुख्य उद्देश्य ऋण चुक्ता गर्नु हो । तर मलाई लाग्छ कि हामी यति धेरै पैसा लिइरहेका छौं कि हामी अमेरिकाका जनतालाई लाभांश पनि दिन सक्छौं ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।