Logo

२०८३, आश्विन १०गते


images
images

गाजा

इजरायलको गाजा नियन्त्रण गर्ने योजनाको विरुद्धमा एक हुन टर्कीको मुस्लिम राष्ट्रहरूलाई आह्वान

इजरायलको गाजा नियन्त्रण गर्ने योजनाको विरुद्धमा एक हुन टर्कीको मुस्लिम राष्ट्रहरूलाई आह्वान

images
  • इजरायलको गाजा नियन्त्रण गर्ने योजनाको विरुद्धमा एक हुन टर्कीको मुस्लिम राष्ट्रहरूलाई आह्वान
    images
    images

    काठमाडौँ । टर्कीले इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको विरुद्धमा एकताको लागि मुस्लिम राष्ट्रहरूलाई अपील गरेको छ ।

    images
    images
    images

    शनिबार इजिप्टमा भएको वार्तापछि टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलको योजनाको अन्तर्राष्ट्रिय स्तरमा विरोध गरिनुपर्ने धारणा राखेका हुन् ।

    images
    images
    images

    इजिप्ट र टर्की दुवैले शुक्रबार इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको निन्दा गरेका थिए । अंकाराले यसलाई 'इजरायलको नरसंहार र विस्तारवादी नीतिहरूको नयाँ चरण' को रूपमा वर्णन गरेको छ  र यसलाई रोक्न विश्वव्यापी स्तरमा कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गाजा शहर नियन्त्रण गर्ने योजनालाई अनुमोदन गर्दै पाँच बुँदाहरू तय गरेको थियो ।

    images
    images
    images

    इजरायली सेनाले गाजा शहर नियन्त्रण गर्न र युद्ध अन्त्य गर्न यी बुँदाहरू अन्तर्गत काम गर्ने बताएको छ ।

    यस बाहेक संयुक्त राष्ट्र संघ, बेलायत, फ्रान्स र क्यानडा लगायत धेरै देशहरूले गाजाको नियन्त्रण लिने इजरायलको निर्णयको निन्दा गरेका छन्  र जर्मनीले इजरायलमा सैन्य निर्यात रोक्न आह्वान गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।