Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकासंग कर विवाद

पुटिन र मोदीबीच 'अर्थपूर्ण' टेलिफोन कुराकानी

पुटिन र मोदीबीच 'अर्थपूर्ण' टेलिफोन कुराकानी

images
  • पुटिन र  मोदीबीच 'अर्थपूर्ण' टेलिफोन कुराकानी
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् ।  अमेरिकासँगको कर विवादको बीचमा, मोदी र पुटिनको कुराकानीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    images
    images
    images

    दुवैले कुराकानीमा भारत-रूस सम्बन्धलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको बताएका छन् । मोदीले यस बारेमा जानकारी दिदै भनेका छन्- 'राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो । मैले युक्रेनको अवस्थाको बारेमा जानकारी साझा गरेकोमा उहाँलाई धन्यवाद दिएँ । हामीले हाम्रो पारस्परिक सहयोग बढाउने र भारत-रूस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्‍यायौं । म यस वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमणको लागि स्वागत तत्पर छु ।'

    images
    images
    images

    एक दिन अघि, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बिहीबार आफ्नो मस्को भ्रमणको क्रममा क्रेमलिनमा पुटिनलाई भेटेका थिए । राष्ट्रपति पुटिन यस वर्षको अन्तिम हप्तामा भारत भ्रमणमा आउने रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको भारतको सम्बन्धमा गरेको टिप्पणीका कारण यो भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ । ट्रम्पले रुसबाट तेल किनेको कारण उल्लेख गर्दै भारतमा पहिले २५ प्रतिशत र त्यसपछि अर्को २५ प्रतिशत गरि कुल ५० प्रतिशत कर लगाए पछि भारत र अमेरिकाको सम्बन्धमा दरार आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।