Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकमा 'राखी बनाउने' प्रतियोगिता

देवदह बुद्ध पब्लिकमा 'राखी बनाउने' प्रतियोगिता

images
  • देवदह बुद्ध पब्लिकमा 'राखी बनाउने' प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा राखी बनाउने प्रतियोगीता सम्पन्न भएको छ । जनैपुर्णिमा तथा रक्षाबन्धनको अवसरमा विद्यार्थीहरुको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले 'राखी बनाउने प्रतियोगिता' योजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा अलग-अलग समूहमा कक्षा ४-५,  कक्षा ६-७, कक्षा ८-१० र कक्षा ११-१२ का विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । जसमा पूर्व प्रा.वि र प्रि प्राइमेरीतर्फका विद्यार्थीलाई चित्रमा रङ्ग भर्ने प्रतियोगिता सञ्चालन गरिएको थियो ।

    images
    images
    images

    प्रतियोगिताको औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमात्र नसिकाई सृजनशील कार्यक्रमको माध्यमबाट व्यवहारिक तथा साँस्कृतिक ज्ञानसमेत प्रदान गरेको बताए । प्रतियोगिता नितान्त कलासँग सम्बन्धित भएकोले विद्यार्थीसँग भएको कलालाई निखार ल्याउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनी,  सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ्ग, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, अनन्तराम भण्डारी, अञ्जना वली, बलराम ज्ञवाली, प्रेमबहादुर खड्का, अस्मिता गुरुङ्ग, मनमाया रूचाल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।