Logo

२०८३, आश्विन १०गते


images
images

रुस - यूक्रेन युद्ध

पुटिनसँग ट्रम्पका विशेष दुतको भेट, युक्रेन युद्ध बारे छलफल

पुटिनसँग ट्रम्पका विशेष दुतको भेट, युक्रेन युद्ध बारे छलफल

images
  • पुटिनसँग ट्रम्पका विशेष दुतको भेट, युक्रेन युद्ध बारे छलफल
    images
    images

    काठमाडौँ । युक्रेनमा युद्धविरामको लागि रूसको सहमतिको लागि शुक्रबारको समयसीमा अगाडि, अमेरिकी राजदूत स्टीव विटकफले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् ।

    images
    images
    images

    स्टीव विटकफ बुधबार बिहान रूस पुगेर पुटिनसँग तीन घण्टासम्म वार्ता गरेको रुसी मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    क्रेमलिनले पुटिन र विटकफको भेटबारे जानकारी दिदै विदेश नीति सल्लाहकार युरी उशाकोभले छलफललाई 'उपयोगी' र 'रचनात्मक' भएको बताएका छन् । उनले भनेका छन्- 'हामीले युक्रेनको मुद्दाको बारेमा केही संकेतहरू दिएका थियौं, र राष्ट्रपति ट्रम्पबाट पनि त्यस्तै संकेतहरू प्राप्त भएका थिए । हामी हेर्नेछौं, विटकफले आजको कुराकानीको बारेमा ट्रम्पलाई कहिले जानकारी गराउन सक्छन् ।'

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि रूसले युक्रेनसँगको युद्ध अन्त्य गर्न कदम चालेन भने, यसले भारी प्रतिबन्धहरूको सामना गर्ने यस अघि नै चेतावनी दिएका छन् । यसका साथै, अमेरिकी राष्ट्रपतिले रूससँग व्यापार गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने धम्की पनि दिएका छन् । ट्रम्पले दिएको समय सिमा शुक्रबार सकिदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।