Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय उत्पादन

कोशेली भवनमा शिवगंगा डेरीको विक्री शाखा

कोशेली भवनमा शिवगंगा डेरीको विक्री शाखा

images
  • कोशेली भवनमा शिवगंगा डेरीको विक्री शाखा
    images
    images

    देवदह । शिवगंगा डेरीले आफ्नो नयाँ बिक्री शाखाको उद्घाटन गरेको छ । देवदह–७, मदनग्रामस्थित कोशेली भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको डेरी सञ्चालक हिरा बहादुर खत्रीले जानकारी दिए ।

    images
    images
    images

    भलुहीमा मुख्य उत्पादन र विक्री केन्द्र रहेको शिवगंगाले देवदहको प्रमुख बजार शीतलनगर क्षेत्रलाई लक्षित गरी कोशेली भवनबाट नयाँ विक्री शाखा सुरु गरेको बुझिएको छ ।

    images
    images
    images

    विक्री शाखाबाट स्थानीयस्तरमा उत्पादन भएका पोषणयुक्त दुग्धजन्य परिकार र कृषि सामग्री विक्री गरिने जनाइएको छ । 

    images
    images
    images

    देवदह नगरपालिकाका पुर्व नगरप्रमुख समेत रहेका डेरी संचालक खत्रीले कोशेली भवनलाई पूर्ण रूपमा संचालन गर्न र भवनको उद्धेश्य अनुरूप चलाउन पनि आफूले विक्री केन्द्र सुरु गरेको बताउँछन । उनले विक्री शाखाबाट दुध, दही, पनिर, आइसक्रीम, लिटो लगायतका सामग्री विक्री हुने बताए । 

    संचालक खत्रीले 'मिल्क पार्लर'को अवधारणामा काम भइरहेको समेत बताए । 

    दूधको रिक्सा चलाउँदै स्कुल गएका, भारतिय सेनामा भर्तीको प्रयासदेखि धागो कारखानाका मजदुरसम्मको संघर्षको कथा बोकेका खत्रीले ३५ वर्ष अघि सुरु गरेको शिवगंगा डेरीमा ८ करोडभन्दा बढीको लगानी छ । 

    हाल उद्योगमा २१ जना कर्मचारी कार्यरत छन् भने करिब ५ हजार लिटर दूध प्रशोधन गरी ‘गोधुली’ ब्रान्डमा बजारमा आपूर्ति हुँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।