Logo

२०८३, आश्विन १०गते


images
images

उत्तराखण्ड बाढी

उत्तराखण्डको बाढीमा ५० भन्दा बढी बेपत्ता, चार जनाको मृत्यु

उत्तराखण्डको बाढीमा ५० भन्दा बढी बेपत्ता, चार जनाको मृत्यु

images
  • उत्तराखण्डको बाढीमा ५० भन्दा बढी बेपत्ता, चार जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको उत्तराखण्डको उत्तरकाशीमा बादल फुटेर आएको भयानक बाढीले तहसनहस बनाएको छ ।

    images
    images
    images

    हर्षिल क्षेत्रमा रहेको खीर गंगाको पानीको सतह अचानक बढेपछि धराली गाउँ डुबाएको थियो । यस घटनामा अहिलेसम्मको जानकारी अनुसार चार जनाको मृत्यु भएको छ र ५० भन्दा बढी बेपत्ता रहेको रिपोर्टमा बताइएको छ । भारतीय समाचार एजेन्सी एएनआईले बाढीले ४० देखि ५० घर बगाएको उल्लेख गरको छ ।

    images
    images
    images

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र राहत तथा उद्धारमा ध्यानकेन्द्रित गरेको बताएका छन् । 

    images
    images
    images

    विपद् प्रभावित धराली गाउँबाट करिब चार किलोमिटर टाढा एउटा सेनाको शिविर पनि बाढीको चपेटामा परेको छ । पहिरो र बादल फुटेको यस घटनामा सेनाको शिविर र उद्धार टोलीको एक भाग पनि प्रभावित भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा भएको यो ठूलो प्राकृतिक प्रकोपप्रति दुःख व्यक्त गरेका छन् । त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा तीनवटा आईटीबीपी टोली पठाइएको बताएका छन् । यससँगै चारवटा एनडीआरएफ टोली पनि घटनास्थलमा पठाइएको उनले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।