Logo

२०८३, आश्विन १०गते


images
images

पुरानो भ्रूणबाट बच्चा

अमेरिकामा ३० वर्षभन्दा पुरानो भ्रूणबाट जन्माइयो बच्चा

अमेरिकामा ३० वर्षभन्दा पुरानो भ्रूणबाट जन्माइयो बच्चा

images
  • अमेरिकामा ३० वर्षभन्दा पुरानो भ्रूणबाट जन्माइयो बच्चा
    images
    images

    काठमाडौँ । अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि जम्मा गरिएको भ्रूणबाट बच्चा जन्माएका छन् । यो सफलतापूर्वक बच्चा जन्माउने सबैभन्दा पुरानो भ्रूण मानिन्छ ।

    images
    images
    images

    ओहायोकी ३५ वर्षीया लिन्डसे र उनका ३४ वर्षीय पति टिम पियर्स शनिबार यो बच्चा, थ्याडियस डेनियल पियर्सका आमाबाबु बने । नयाँ प्रविधि र सम्बन्धित जानकारीको व्याख्या गर्ने एमआईटी टेक्नोलोजी रिभ्युसँगको कुराकानीमा, लिन्डसेले उनको परिवारलाई मानौं कुनै विज्ञान कथा फिल्म चलिरहेको जस्तो महसुस भएको बताएकी छन् ।

    images
    images
    images

    २० वर्षीय भ्रूणबाट बच्चा जन्माउने अघिल्लो रेकर्ड सन् २०२२ मा १९९२ देखि जम्मा गरिएको भ्रूणबाट जुम्ल्याहा बच्चा जन्मिएको थियो ।

    images
    images
    images

    पियर्स दम्पतीले विगत सात वर्षदेखि बच्चा जन्माउने प्रयास गरिरहेका थिए, त्यसपछि उनीहरूले सन् १९९४ देखि जम्मा गरिएको ६२ वर्षीया लिन्डा आर्चार्डको भ्रूणलाई धर्मपुत्र बनाउने निर्णय गरे । यस भ्रूणको लागि, अर्चर्ड र उनका श्रीमानले आइभिएफ प्रक्रियाको सहारा लिएका थिए । त्यतिबेला अर्चर्डले कुल चार भ्रूण तयार पारेका थिए । ती मध्ये एकले उनकी छोरीलाई जन्म दिइन्, जुन अहिले ३० वर्षकी भइसकेकी छिन् । जबकि बाँकी तीन भ्रूण सुरक्षित राखिएको थियो । आफ्नो श्रीमानबाट अलग भएपछि पनि, अर्चर्डले न त भ्रूणहरू नष्ट गरिन् न त अनुसन्धानको लागि दिइन् । उनले यो कुनै अज्ञात परिवारलाई दिइन् ।

    अर्चर्ड बच्चासँग सम्पर्कमा रहन चाहन्थिन्, किनभने उनकी छोरीको यसमा जैविक सम्बन्ध हुने थियो । त्यसैले उनले भ्रूण सुरक्षित राख्न हरेक वर्ष हजारौं डलर खर्च गरिन् । अन्ततः, उनले 'नाइटलाइट क्रिश्चियन एडोप्शन' नामक क्रिश्चियन भ्रूण दत्तक एजेन्सीलाई सम्पर्क गरिन् ।

    यो एजेन्सीले स्नोफ्लेक्स नामक कार्यक्रम चलाउँछ, जसमा भ्रूण दातालाई भ्रूण कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार हुन्छ ।

    आर्चरले अमेरिकामा बस्ने विवाहित, क्रिश्चियन कोकेशियन जोडीलाई प्राथमिकता दिइन् । 'म चाहन्थें कि भ्रूण देशबाट बाहिर नजाओस्' उनले एमआईटी टेक्नोलोजी रिभ्यूलाई भनिन् । त्यसपछि उनले पियर्स दम्पतीलाई भेटिन् । प्रक्रिया अमेरिकाको टेनेसीस्थित रिजोइस फर्टिलिटी क्लिनिकमा सम्पन्न भयो ।  लिन्डसे पियर्सले भनिन्- 'हामीले यो कुनै रेकर्ड तोड्नको लागि गरिरहेका थिएनौं, हामी केवल बच्चा चाहन्थ्यौं ।'

    आर्चरले उनले अहिलेसम्म बच्चालाई व्यक्तिगत रूपमा भेटेकी छैनन्, तर उनलाई यसमा आफ्नी छोरीको झलक हुने लागेको बताएकी छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सबैभन्दा पुरानो भ्रूण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।