Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

बलिवुड फिल्म 'सैयारा' तीन सय करोड क्लबमा

बलिवुड फिल्म 'सैयारा' तीन सय करोड क्लबमा

images
  • बलिवुड फिल्म 'सैयारा' तीन सय करोड क्लबमा
    images
    images

    काठमाडौँ । बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डे र अनीत पडडाको डेब्यू फिल्म 'सैयारा' ले घरेलु बक्स अफिसमा तीन सय करोड क्लबमा पुगेको छ ।
    फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको तेस्रो सातामा ३०५.५० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

    images
    images
    images

    फिल्मले रिलिजको पहिलो सातामा १७५.२५ करोड कमाई गरेको थियो भने दोस्रो सातामा ११० करोड कमाई गरेको थियो । फिल्मले तेस्रो साताको शुक्रबार ५ करोड, शनिबार ७ करोड र आइतबार ८.२५ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । 

    images
    images
    images

    यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।