Logo

२०८३, आश्विन १०गते


images
images

रणनीतिक साझेदारी

नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

images
  • नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता
    images
    images

    काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । 

    images
    images
    images

    श्रीलङकाका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितीमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एस एल सी एस एम आईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरे ।

    images
    images
    images

    दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम,  प्रशिक्षण, कार्यशाला गोष्ठि जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो । 

    images
    images
    images

    यस्तै दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाईएको छ ।  साना तथा मझौला उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको एक अर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एस एल सी एस एम आईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ । 

    दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ । खासगरी नेपाल र श्रीलङकामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल चेम्बर अफ कमर्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।