Logo

२०८३, आश्विन १०गते


images
images

तेल राजनीति

के भारतले रुसबाट तेल किन्न बन्द गरेको हो ?

के भारतले रुसबाट तेल किन्न बन्द गरेको हो ?

images
  • के भारतले रुसबाट तेल किन्न बन्द गरेको हो ?
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल आयात गर्न बन्द गर्ने निर्णय गरेको दाबी गरेका थिए । तर, भारतले रुसका आपूर्तिकर्ताहरूबाट तेल खरिद गर्न जारी राख्ने बताइएको छ । भारतीय मिडियाहरुले रुसबाट तेल खरिद गर्ने भारतको निर्णय मूल्य, कच्चा तेलको गुणस्तर, रसद र आर्थिक कारणहरूमा आधारित रहेको उल्लेख गर्दै यो जारी रहेको बताएका छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ३० मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यो कर अगस्ट १ देखि लागू हुने थियो, तर त्यसपछि ट्रम्पले यसलाई अगस्ट ७ सम्मका लागि स्थगित गरे । कर घोषणा गर्दै ट्रम्प सरकारले भारतले रुसबाट कच्चा तेल खरिद गरिरहेको बताए, जसले रुसलाई ठूलो आर्थिक सहयोग गरिरहेको छ र त्यसैका कारण रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न आग्रह गरेको थियो । ट्रम्पले शनिबार भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरे ।

    images
    images
    images

    ट्रम्पले भनेका छन्- 'मेरो बुझाइ यो हो कि भारतले अब रुसबाट तेल किन्ने छैन । मैले यो सुनेको छु, मलाई थाहा छैन यो सत्य हो कि होइन । तर यो राम्रो कदम हो । अब हामीले हेर्नुपर्छ के हुन्छ ।' 

    images
    images
    images

    शुक्रबार जब विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वाललाई भारतले रुसबाट तेल नकिन्ने सम्भावनाको बारेमा प्रश्न गरिएको थियो, उनले सावधानीपूर्वक जवाफ दिए, 'हामी अन्तर्राष्ट्रिय बजारमा तेलको उपलब्धता र त्यसबेलाको विश्वव्यापी अवस्थाको आधारमा निर्णय लिन्छौं । जहाँसम्म तपाईंको प्रश्नको कुरा छ, मलाई यसको बारेमा थाहा छैन ।'

    रूस विश्वको दोस्रो ठूलो कच्चा तेल उत्पादक हो, दैनिक तेल उत्पादन प्रति दिन लगभग ९.५ मिलियन ब्यारेल छ । यो विश्वव्यापी मागको लगभग १० प्रतिशत हो । रूस विश्वको दोस्रो ठूलो निर्यातकर्ता पनि हो, जसले प्रति दिन लगभग ४.५ मिलियन ब्यारेल कच्चा तेल र प्रति दिन २.३ मिलियन ब्यारेल प्रशोधित उत्पादनहरू निर्यात गर्दछ । सन् २०२२ मा रूस-युक्रेन युद्ध सुरु भएपछि, रूसी तेल बजारबाट बाहिरिने सम्भावना थियो, जसले विश्वव्यापी रूपमा तेलको मूल्य बढ्ने सम्भावना बढाएको थियो । यद्यपि, तेल आपूर्तिमा केही अवरोधका कारण, मार्च २०२२ मा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३७ अमेरिकी डलर पुगेको थियो । यस चुनौतीपूर्ण वातावरणमा, भारतले अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै रूसबाट तेल खरिद गर्न जारी राख्यो । भारतले आफ्नो तेल आवश्यकताको ८५ प्रतिशत आयात गर्छ र विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता देश हो ।

    समाचार एजेन्सी एएनआईले रूसी तेललाई कहिल्यै प्रतिबन्ध नलगाइएको र रूसको राजस्व सीमित गर्दै विश्वव्यापी ऊर्जा आपूर्ति सुनिश्चित गर्न यसलाई जी ७ -इयु मूल्य-क्याप संयन्त्र अन्तर्गत राखिएको उल्लेख गरको छ । भारतले एक जिम्मेवार विश्वव्यापी ऊर्जा उपभोक्ता देशको रूपमा काम गरेको र तेल बजार तरल र मूल्य स्थिर रहने कुरा सुनिश्चित गरेको रिपोर्टमा उल्लेख छ । भारतको खरिद पूर्ण रूपमा वैध र अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेको दाबि छ । भारतले ओपेक देशहरूले तेल उत्पादन कटौतीको समयमा छुटमा रूसी कच्चा तेल किनेको थिएन भने, विश्वव्यापी तेलको मूल्य मार्च २०२२ मा प्रति ब्यारेल १३७ अमेरिकी डलर भन्दा धेरै बढ्न सक्थ्यो । यसले विश्वभर मुद्रास्फीति निम्त्याउने थियो । जब भारतले रूसबाट तेल खरिद गर्‍यो, त्यतिबेला इयु रूसी तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आयातकर्ता थियो, जसले रूसको एलएनजी निर्यातको ५१ प्रतिशत खरिद गर्‍यो । त्यसपछि चीन २१ प्रतिशत र जापान १८ प्रतिशतसँग तेस्रो स्थानमा थियो । त्यस्तै, पाइपलाइन ग्यासको लागि, इयुले रूसको ग्यासको ३७ प्रतिशत खरिद गर्‍यो, त्यसपछि चीन (३० प्रतिशत) र टर्की (२७ प्रतिशत) रहेको छ । 

    अर्को तर्फ रूसी तेललाई कहिल्यै प्रतिबन्ध लगाइएको छैन न त अमेरिका वा इयुले अहिलेसम्म प्रतिबन्ध लगाएको छ । भारतीय तेल मार्केटिंग कम्पनीहरूले इरान वा भेनेजुएलाबाट कच्चा तेल किनिरहेका छैनन्, जुन वास्तवमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । तेल मार्केटिंग कम्पनीहरूले सधैं अमेरिकाले सिफारिस गरेको रूसी तेलको लागि ६० डलरको मूल्य सीमा पालना गर्दै आएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तेल आयात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।