Logo

२०८३, आश्विन ९गते


images
images

वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार र कर्मचारी सम्मानित

वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार र कर्मचारी सम्मानित

images
  • सेतोमसी सहकर्मी
  • वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार र कर्मचारी सम्मानित
    images
    images

    पाल्पा । माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । गाँउपालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र गाँउपालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।

    images
    images
    images

    सम्मानित हुने पत्रकारहरुमा कान्तिपुर दैनिकका उप–सम्पादक माधव अर्याल, अन्नपूर्णपोष्ट दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेल, नवजनचेतना दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझी र सामुदायिक रेडियो मदनपोखराका गजेन्द्र पन्थी रहेका छन् । 

    images
    images
    images

    यसैगरी कर्मचारीहरुमा प्रशासकिय अधिकृत नारायण प्रसाद न्यौपाने, पूर्व लेखापाल चुराबहादुर सरर्तुङ्के,वडा नंं ४ का कार्यलय सहयोगी बालकृष्ण घर्ति मगर, ल्याव टेक्निसियन नारायण सारु रहेका छन् ।

    images
    images
    images

    सम्मानित पत्रकार तथा कर्मचारीहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल संयुक्त रुपमा नगद, दोषल्ला सहित प्रमाण पत्रले सम्मान गर्नु भएको  थियो।

    यसैगरी निजामती सेवा दिवसको अवसरमा आयोजित घैटो फोर प्रतियोगितामा प्रथम भिम बहादुर थापा, हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने टोलीबाट इश्वरी ज्ञवाली, धर्मेन्द्र कुमार यादव, सुर्यबहादुर भण्डारी, सिताकुमारी खाँचा, द्धितिय हुनेमा नितानन्द खनाल, किरण केसी, भिमबहादुर गाहा थापा, शम्भु जि.सी र तृतिय हुनेमा सन्तोष कार्की, पुनम चिदी,पशुपती पन्थी, यमबहादुर खरु रहेका छन् ।

    सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले पालिकालाई सम्वृद्ध बनाउन, पालिकामा भईरहेका गतिविधी स्थानीय जनता देखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पुर्याउन, गाँउपालिकामा काम गर्दा भएका कमि कमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताउनुभयो । कर्मचारी अभावको समयमा पनि रात दिन नभनी काममा खटिएका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष थापाले बताउनुभयो । उपाध्यक्ष निर्मला भट्टराईले पत्रकारहरुले गाँउपालिकाले गरेका काम तथा गतिविधीहरु जनतामाझ पुर्याउन ठूलो भूमिका खेलेकोले  पुरस्कारबाट सम्मान गरिएको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले सम्मान कार्यक्रम कर्मचारी तथा पत्रकारहरुलाई थप जिम्मेवारी तथा हौसल्ला प्रदान गर्ने,यस पटक पुरस्कृत नभएका कर्मचारी तथा पत्रकारहरुले पनि अर्काे बर्षको पुरस्कार पाउने गरी उच्च मनोवलका साथ काम गर्ने बताउनुभयो ।

    कार्यक्रममा सम्मनित पत्रकारको तर्फबाट कृष्ण पोखरेल,कर्मचारीको तर्फबाट छैठौ प्रशासकिय अधिकृत नारायण न्यौपानेले गाउँपालिकाले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा माथागढीको समृद्धि र विकासमा सक्रिय भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गाँउपालिकाका  स्वास्थ्य शाखा संयोजक केशव जि.सी. को सञ्चालन गर्नु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।