Logo

२०८३, आश्विन १०गते


images
images

रुस भूकम्प

रुसमा लगातार दोस्रो दिन पनि भूकम्प

रुसमा लगातार दोस्रो दिन पनि भूकम्प

images
  • रुसमा लगातार दोस्रो दिन पनि भूकम्प
    images
    images

    काठमाडौँ । रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको म्याग्निच्युड ६.५ छ । रुसको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, यसको गहिराइ १० किलोमिटर थियो ।

    images
    images
    images

    यसअघि बुधबार कुरिल टापुहरू नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जुन अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये छैटौं नम्बरमा छ ।

    images
    images
    images

    ८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिका पुगेका थिए । रुसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटर अग्ला थिए । बुधबार सो क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।