केरवानी । केरवानी माध्यमिक विद्यालयमा शिक्षक-अभिभावक बैठक सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि नियमित शिक्षक - अभिभावक बैठक गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले लिएका योजना, विद्यार्थीको नतिजा र त्यसमा अभिभावकको बुझाई बारे बैठकमा छलफल भएको प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।
कक्षा ५, ८ र १० का अभिभावकसंग मंगलवार छलफल गरेको विद्यालयले कक्षा १, २, ३, ४ र ६ मा पढ्ने विद्यार्थीका अभिभावकसँग बुधवार छाफल गरेको छ । बिहिवार कक्षा ७ र ९ का अभिभावकसंग छलफल गरिने सहप्रधानाध्यापक खेमानन्द ज्ञवालीले बताए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकको चासो र सुझाव/सल्लाह अपरिहार्य रहेको बताए ।
शिक्षक-अभिभावक संघका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक निर्मल ढुंगाना, सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवाली र हिरण्यलाल लम्साल तथा कक्षा शिक्षकहरू निशा पन्थ, मनिषा न्यौपाने, माया नेपाल, दिनेश विक, तिला कडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिभावकहरु गीता चौधरी, मिना भुसाल, मञ्जु अर्याल, पदम पौडेल, कृष्ण काफ्लेलगायतले विद्यालयलाई सुझाव दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology