Logo

२०८३, आश्विन १०गते


images
images

रुसमा शक्तिशाली भूकम्पपछि जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी

रुसमा शक्तिशाली भूकम्पपछि जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी

images
  • रुसमा शक्तिशाली भूकम्पपछि जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
    images
    images

    काठमाडौँ । रुसको पूर्वी तटमा रहेको कामचट्का प्रायद्वीप नजिकै शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ । 

    images
    images
    images

    अमेरिकी भूगर्भीय सर्वेक्षणले समुद्रमुनि रहेको उथले क्षेत्रमा भूकम्प गएको बताएको छ । यसका कारण रुस, जापान, गुआम, हवाई र अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । चेतावनीमा यसका कारण प्रशान्त तटमा समुद्रमा १ देखि ३ मिटर अग्ला छालहरू उठ्न सक्ने बताइएको छ ।

    images
    images
    images

    जापानको एनएचले टेलिभिजनका अनुसार, भूकम्प जापानका चार ठूला टापुहरूको उत्तरी टापु होक्काइडोबाट लगभग २५० किलोमिटर टाढा थियो । साथै, भूकम्पको केन्द्रबिन्दु रूसको कामचट्का प्रायद्वीपको पेट्रोपाभ्लोभस्क-कामचट्स्कीबाट १३३ किलोमिटर दक्षिणपूर्वमा ७४ किलोमिटरको गहिराइमा रहेको बताएको छ । सुरुमा यसले भूकम्पको तीव्रता ८.० रहेको रिपोर्ट गरेको थियो । पछि यसको तीव्रता रिक्टर स्केलमा ८.८ मा रेकर्ड गरिएको थियो ।

    images
    images
    images

    साथै, अलास्काको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्का अलेउटियन टापुका केही भागहरूको लागि सुनामी चेतावनी जारी गरेको छ ।

    त्यसैगरी क्यालिफोर्निया, ओरेगन, वाशिंगटन र हवाई लगायत पश्चिमी तटका केही भागहरूलाई सतर्क रहन निर्देशन दिइएको छ । 

    भूकम्पपछि रूसको सुदूर पूर्वमा धेरै मानिसहरू घाइते भएको राज्यको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।