Logo

२०८३, आश्विन ९गते


images
images

'अर्धचेतन मस्तिष्क’ बारे ग्रीनप्लाण्टमा देवदह जेसीजको प्रशिक्षण

'अर्धचेतन मस्तिष्क’ बारे ग्रीनप्लाण्टमा देवदह जेसीजको प्रशिक्षण

images
  • 'अर्धचेतन मस्तिष्क’ बारे ग्रीनप्लाण्टमा देवदह जेसीजको प्रशिक्षण
    images
    images

    देवदह । ‘सबकन्सियस माइण्ड अर्थात् अर्धचेतन मस्तिष्क’ बारे देवदह जेसीजले ग्रीनप्लाण्ट आवासीय माध्यमिक विद्यालयमा प्रशिक्षण सञ्चालन गरेको छ । 
     
    जेसीज सप्ताहअन्तर्गत मंगलवार सम्पन्न पाचौं प्रशिक्षणमा ग्रीनप्लाण्ट माविका कक्षा १२ मा अध्ययनरत १२० जना विद्यार्थी सहभागी भएका थिए ।
     
    प्रशिक्षणको औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष विष्णु प्रसाद पोखरेल, प्राचार्य राजीव सापकोटा लगायतले अर्धचेतन मस्तिष्कको शक्ति बारे चर्चा गरे । उनीहरूले सकारात्मक सोचले मानिसको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै युवा मस्तिष्कको सोच्ने र योजना बनाउने क्षमताको विस्तारमा तालिम सहयोगी हुने विचार व्यक्त गरे । 
     
    जेसीजले यस वर्ष देवदह क्षेत्रका सातवटा शैक्षिक संस्थामा अर्धचेतन मष्तिष्कको क्षमता विकाससम्बन्धी प्रशिक्षण दिने जनाएको छ ।

    images
    images
    images

    अध्यक्ष दीपक अधिकारीका अनुसार, तालिमको उद्देश्य युवाहरुमा सकारात्मक ऊर्जा प्रवाह गर्नु हो । “हाम्रो मष्तिष्कको झन्डै ९० प्रतिशत भाग अर्धचेतन अवस्थामा हुन्छ, जुन अत्यन्तै शक्तिशाली हुन्छ,” उनले भने, “हाल हामी चेतन भागको मात्र १० प्रतिशत मष्तिष्क प्रयोग गरिरहेका छौं । तालिमले बाँकी क्षमताको प्रयोग र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छौं ।”

    images
    images
    images

    अध्यक्ष अधिकारीले यदि युवाहरुको सोच सकारात्मक दिशामा डोर्याउन सकियो भने विदेश पलायनको प्रवृत्तिमा समेत कमी आउने र राज्यका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन देखिने धारणा राखे ।

    images
    images
    images

    कार्यक्रममा भलवारी जेसीजका अध्यक्ष मीन तिवारी, तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको संचालन दीपेश अर्यालले गरेका थिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।