Logo

२०८३, श्रावण २७गते


images
images

मलको आपुर्ति सहज बनाउन वाइसियलको ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी

मलको आपुर्ति सहज बनाउन वाइसियलको ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी

images
  • मलको आपुर्ति सहज बनाउन वाइसियलको ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी
    images
    images

    भैरहवा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) नेपाल रुपन्देहीले रासायनिक मलको आपुर्ति सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार वाइसियल रुपन्देहीको टोलीले प्रमुख जिल्ला अधिकारी बासुदे घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

    images
    images
    images

    ज्ञापनपत्रमार्फत वाइसिएलले सरकारको ढिलासुस्ती, कालाबजारी, पहुँचको आधारमा हुने असमान वितरण र दलाली प्रवृत्तिविरुद्ध कडा आपत्ति जनाएको छ । संगठनले रासायनिक मलको अभावले राष्ट्रिय खाद्य सुरक्षामै खतरा उत्पन्न गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष गोविन्द खरेलले बताए । 

    images
    images
    images

    ज्ञापनपत्रमा भनिएको छ "सरकारको लापरवाही, दलाल र विचौलियाको चलखेल तथा योजनाबद्ध मल अभावले कृषकहरूलाई खेती गर्नबाट बञ्चित बनाएको छ । खाद्य सुरक्षामाथिको प्रहार हामी सहन सक्दैनौं ।"

    images
    images
    images

    वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली न्यायोचित बनाउन र दीर्घकालीन समाधानका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरेको छ ।

    संगठनले तत्काल देशभर मल आपूर्ति सुनिश्चित नगरिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।