Logo

२०८३, आश्विन १०गते


images
images

थाइल्याण्ड - कम्बोडिया द्वन्द

युद्धविराममा सहमत थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी

युद्धविराममा सहमत थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी

images
  • युद्धविराममा सहमत थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी
    images
    images

    काठमाडौँ । सीमा विवादलाई लिएर थाइल्याण्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि लडाइँ जारी रहेको छ ।

    images
    images
    images

    यस रक्तपातपूर्ण द्वन्द्वमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ भने २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

    images
    images
    images

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहलमा दुवै देश युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए, तर आइतबार बिहान प्राचीन मन्दिरहरू नजिक फेरि गोलीबारी सुरु भएको मिडिया रिपोर्टमा बताइएको छ ।

    images
    images
    images

    कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताले थाई सेनाले बिहान मन्दिरहरू वरिपरि आक्रमण गर्न थालेको बताएका छन् भने थाई सेनाका उपप्रवक्ताले कम्बोडियाले बिहान गोलीबारी सुरु गरेको आरोप लगाएका छन् ।

    कम्बोडियाका प्रधानमन्त्री हान मानेटले आइतबार भनेका छन्- 'तत्काल र बिना शर्त युद्धविराम" को प्रस्तावमा सहमत छ । उनले आफ्ना विदेशमन्त्री प्राक सोखोनलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गर्न आदेश दिए, तर बैंककले कुनै पनि सम्झौता तोड्ने प्रयास नगर्ने चेतावनी दिए । यसैबीच, थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फामथम भेचायचाईले ट्रम्पको भाषणपछि आफू युद्धविराम र प्रारम्भिक वार्ताको लागि तयार रहेको बताए तर शान्ति स्थापना गर्न कम्बोडियाले 'इमानदार मनसाय' देखाउनुपर्ने चेतावनी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।