Logo

२०८३, श्रावण २७गते


images
images

सुख्खा मधेस

सुख्खाग्रस्त मधेस प्रदेशमा स्टार्ट फण्ड नेपाल परियोजनाले आपतकालीन कार्यक्रम सञ्चालन गर्ने

सुख्खाग्रस्त मधेस प्रदेशमा स्टार्ट फण्ड नेपाल परियोजनाले आपतकालीन कार्यक्रम सञ्चालन गर्ने

images
  • सुख्खाग्रस्त मधेस प्रदेशमा स्टार्ट फण्ड नेपाल परियोजनाले आपतकालीन कार्यक्रम सञ्चालन गर्ने
    images
    images

    काठमाडौँ ।  बेलायत सरकार (एससीडीओ) अन्तर्गत सञ्चालित 'रेन' कार्यक्रममार्फत स्टार्ट फण्ड नेपाल परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, र सप्तरी जिल्लाका अति प्रभावित १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम कुल २ करोड ६० लाख ३३ हजार ४७६ बजेट रहेको छ।

    images
    images
    images

    नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको निर्णयपश्चात्, नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको निर्णयपश्चात्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा स्टार्ट फण्ड नेपाल परियोजनाले यो कार्यक्रम गर्ने भएको हो ।

    images
    images
    images

    आपतकालीन कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारसँगको समन्वयमा आपतकालीन गुणस्तरीय खानेपानी ढुवानी सेवा सुचारु गर्ने रणनीतिक स्थानहरूमा गहिरा बोरहोल निर्माणको सम्भाव्यता मूल्यांकन गरिने र यस कार्यमा स्थानीय सरकार र खानेपानी विभागको प्राविधिक नेतृत्वमार्फत निष्पक्ष वितरण सुनिश्चित गरिने बताइएको छ ।

    images
    images
    images

    त्यसैगरी  जीविकोपार्जन पुनःस्थापना: कृषिमा (धानबाली) परेको असर न्यूनीकरण गर्न तत्काल तथा मध्यम अवधि सहयोग प्रदान गर्ने र यस अन्तर्गत कृषि मजदुरहरूलाई लक्षित गर्दै उत्पादनशील पूर्वाधार (जस्तै: सिँचाइ तथा पानी आपूर्ति) पुनःस्थापना कार्यका लागि 'क्यास फर वर्क' कार्यक्रम सञ्चालन गर्ने। साथै, प्राविधिक साझेदारको समन्वयमा वैकल्पिक बालीको प्रवर्द्धन गर्ने जानकारी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।