Logo

२०८३, आश्विन ९गते


images
images

सिटिइभिटीका सदस्य सचिव भट्टराईलाई कार्यालय प्रवेशमा रोक

सिटिइभिटीका सदस्य सचिव भट्टराईलाई कार्यालय प्रवेशमा रोक

images
  • सिटिइभिटीका सदस्य सचिव भट्टराईलाई कार्यालय प्रवेशमा रोक
    images
    images

    भक्तपुर । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

    images
    images
    images

    जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरवाहीका साथ मूल्यांकन गरि फेल गराइएकाले विद्यार्थीलाई न्याय प्रदान गर्र्नुको सट्टा पुनः परीक्षा सञ्चालन गर्न लागेको भन्दै क्रान्तिकारीले प्रवेशमा रोक लगाएको हो ।

    images
    images
    images

    ६० अंकको प्रायोगात्मक ४० बनाएर मूल्याङ्न गरेर १७ जना विद्यार्थीलाई नियोजित ढंगले अनुत्तिर्ण गराएको क्रान्तिकारीको आरोप छ ।

    images
    images
    images

    साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरुका सम्बन्धन स्विकृति बिना नै बदनियतपूर्वक भर्ना अनुमति दिइ कक्षा सञ्चालन गर्न दिएको र ती शिक्षालयमा अध्ययनरत विद्यार्थीको भविष्यप्रति खेलबाड गर्ने काम भएको आरोप क्रान्तिकारीको छ ।

    विगतमा भएको सहमति पनि कार्यान्वयन नभएकाले सदस्य सचिवलाई अनिश्चितकालीन प्रवेशमा रोक लगाएको क्रान्तिकारीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।