Logo

२०८३, आश्विन ९गते


images
images

बंगलादेशमा नेपाली सिनेमा

फिल्म ‘केटी हराएको सूचना’ बंगलादेशमा रिलिज

फिल्म ‘केटी हराएको सूचना’ बंगलादेशमा रिलिज

images
  • फिल्म ‘केटी हराएको सूचना’ बंगलादेशमा रिलिज
    images
    images

    काठमाडौँ । पहिलो पटक नेपाली फिल्म बंगलादेशमा रिलिज भएको छ । गत माघ ११ गते नेपालमा प्रदर्शन भएको फिल्म ‘केटी हराएको सूचना’ बंगलादेशका हलमा शुक्रबारबाट प्रदर्शनमा आएको हो । 

    images
    images
    images

    भ्यूज बंगलादेशका अनुसार मल्टीप्लेक्स चेन स्टार सिनेप्लेक्सको ढाकासहित अन्य सहरका हलमा फिल्मलाई प्रदर्शन गरिएको छ । 

    images
    images
    images

    नेपाली र अंग्रेजी सबटाइटलमा रिलिज भएको यो फिल्मलाई बंगलादेशमा ‘शो मोसन लिमिटेड’ ले ‘साउथ एसियन फ्रि ट्रेड एग्रिमेन्ट’ (साफ्टा) अन्तर्गत रिलिज गरेको हो । रिपोर्टमा ‘केटी हराएको सूचना’ बंगलादेश रिलिज गरे बापत तनीम रहमान अंशुद्वारा निर्देशित तथा सरीफुल रन र सुनेरा बिन्ते कमाल अभिनीत बंगलादेशी फिल्म ‘नो दोराई’ नेपालमा रिलिज गर्ने सहमति भएको उल्लेख छ ।

    images
    images
    images

    फिल्ममा नाजिर हुसेनसहित सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुरलगायतको अभिनय रहेको छ । अमितेष शाहको ‘गेस्ट अपियरेन्स’ रहेको फिल्ममा निर्देशक दिपेन्द्र गौचन स्वयंको लेखन तथा निर्माणमा बनेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।