Logo

२०८३, आश्विन १०गते


images
images

भारतको पहलगाममा आक्रमण गर्ने 'टीआरएफ' अमेरिकाको आतंकवादी संगठनको सूचीमा

भारतको पहलगाममा आक्रमण गर्ने 'टीआरएफ' अमेरिकाको आतंकवादी संगठनको सूचीमा

images
  • भारतको पहलगाममा आक्रमण गर्ने 'टीआरएफ' अमेरिकाको आतंकवादी संगठनको सूचीमा
    images
    images

    काठमाडौँ । अमेरिकाले 'द रेजिस्टेन्स फ्रन्ट' (टीआरएफ) लाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको छ ।

    images
    images
    images

    अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर-ए-तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतंकवादी संगठन भएको जानकारी दिएको छ । 

    images
    images
    images

    विज्ञप्तिमा लश्कर-ए-तैयबाको एक मोर्चा, टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको र  यसमा २६ जना  मारिएको उल्लेख छ ।

    images
    images
    images

    अमेरिकाले भनेको छ- 'यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर-ए-तैयबाद्वारा गरिएको थियो । टीआरएफले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।