Logo

२०८३, आश्विन ११गते


images
images

आजको राशिफल

आज मंसिर ३ गते  शुक्रबार, श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज मंसिर ३ गते  शुक्रबार, श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज मंसिर ३ गते  शुक्रबार, श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ मंसिर ३ गते शुक्रबार । तदनुसार २० नोभेम्बर  २०२१ । श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images


    आजको पंचाङ्ग

    images
    images
    images


    वि.सं. मंसिर ०३, २०७८ । ई.सं. 19 Nov, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस । दक्षिणायन । हेमन्त । शुक्रवार । कार्तिक शुक्लपक्ष । तिथि - पूर्णिमा , १३:२५ बजे उप्रान्त प्रतिपदा । नक्षत्र - कृत्तिका , २८:१३ बजे उप्रान्त रोहिणी । योग - परिघ , २८:३० बजे उप्रान्त शिव । करण - वव १३:२५ बजेदेखि वालव , २६:२५ बजे उप्रान्त वव । चन्द्रराशि - मेष । आनन्दादि योग - छत्र । दिनमान २६।३९ । सूर्योदय ६:२९ । सूर्यास्त १७:०८ । मन्वादि कात्तिकस्नान, चर्तुमासव्रत समाप्ति, थानकोट वाणस्थली त्रिवेणी स्नान, वराहक्षेत्र धार्मिकमेला समाप्ति, सिलगढी शैलेश्वरीजाँत, गुरुनानक जयन्ती, निम्बार्काचार्य जयन्ती ।

    images
    images
    images

     
    आजको राशिफल: 

    मेष 
    मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुनेछ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुनेछ । मनोरञ्जनमा दिन व्यतित हुनेछ । 

    मेष राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
     
    वृष 

    आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहनेछ । 

    वृष राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।


     
    मिथुन 

    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    मिथुन राशिको लागि शुभ खैरो रंग शुभ हुने छ भने ३ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।

     
    कर्कट 

    मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । झुठ्ठा आरोप लाग्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । 

    कर्कट राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

     
    सिंह 

    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट अधिक फाइदा हुने दिन रहेको छ । 

    सिंह राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ । 

     
    कन्या 

    आफन्त तथा प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    कन्या राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।  

     

     
    तुला 

    कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    तुला राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

     
    वृश्चिक 

    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    वृश्चिक राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ । 

     
    धनु 

    सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । 

    धनु राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

     
    मकर 

    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    मकर राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

     
    कुम्भ 

    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    कुम्भ राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
     
    मीन 

    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।
    मीन राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।


    राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी 
    ज्योतिष परामर्शको लागि :- कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
    सम्पर्क :- ९८६७३८८३०२ 
    नोट : प्रत्यक्ष परामर्शको लागि बिहान ७ बजे बाट साँझ ६ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।