Logo

२०८३, आश्विन १०गते


images
images

भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

images
  • भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता
    images
    images

    काठमाडौँ । भारतका विदेशमन्त्री एस. जयशंकरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस भेटघाटको बारेमा जानकारी दिएका छन् ।

    images
    images
    images

    जयशंकरले भनेका छन्- 'मैले सी जिनपिङलाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धको हालैको विकासको बारेमा जानकारी गराएको छु । यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं ।'

    images
    images
    images

    विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनमा रहेका छन् ।

    images
    images
    images

    यसअघि सोमवार एस. जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । बैठकपछि उनले भारत र चीन बीचको द्विपक्षीय सम्बन्ध सहित सीमा सम्बन्धी मुद्दाहरूको समाधानको बारेमा छलफल भएको बताएका थिए ।

    पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा २०२० मा सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा तनाव पछि यो विदेशमन्त्री एस. जयशंकरको पहिलो चीन भ्रमण हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।