Logo

२०८३, आश्विन १०गते


images
images

म्यानमारको एक बौद्ध गुम्बामा हवाई आक्रमण, २३ जनाको मृत्यु

म्यानमारको एक बौद्ध गुम्बामा हवाई आक्रमण, २३ जनाको मृत्यु

images
  • म्यानमारको एक बौद्ध गुम्बामा हवाई आक्रमण, २३ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । म्यानमारको सागाइङ क्षेत्रमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिसहरू शरण लिन गुम्बामा आएको अवस्थामा आक्रमण भएको थियो ।

    images
    images
    images

    आक्रमणमा ३० जना घाइते भएका छन्, जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा चार बालबालिका पनि छन् । मिडिया रिपोर्टका अनुसार बिहान करिब १ बजे गाउँको गुम्बामा जेट फाइटरले बम खसालेको थियो ।

    images
    images
    images

    यद्यपि, यो आक्रमण कसले गरेको हो भन्ने बारेमा जानकारी अहिलेसम्म खुलाइएको छैन । सेनाले घटनाको बारेमा अहिलेसम्म केही भनेको छैन । म्यानमारको स्वतन्त्र डेमोक्रेटिक भ्वाइस अफ बर्मा अनलाइन मिडियाका अनुसार मृत्यु हुनेको संख्या ३० सम्म हुन सक्छ । 

    images
    images
    images

    म्यानमारमा सन् २०२१ देखि गृहयुद्ध चलिरहेको छ, जुन फेब्रुअरी २०२१ मा सेनाले गरेको विद्रोहपछि सुरु भएको थियो । सेनाले आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई हटाएपची अशान्ति फैलिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।