Logo

२०८३, आश्विन १०गते


images
images

इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ज्यान मार्ने धम्की

इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ज्यान मार्ने धम्की

images
  • इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ज्यान मार्ने धम्की
    images
    images

    काठमाडौँ । इरानकी नोबेल पुरस्कार विजेता मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई ज्यान मार्ने धम्की आएको छ ।

    images
    images
    images

    नर्वेजियन नोबेल समितिले नोबेल पुरस्कार विजेता मानव अधिकारकर्मी मोहम्मदीलाई ज्यान मार्ने धम्की आएको रिपोर्ट गरेको छ ।

    images
    images
    images

    नर्गिस मोहम्मदीलाई २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनले इरानमा महिला अधिकारको लागि आवाज उठाउँदै आएकी छिन् ।

    images
    images
    images

    नर्वेजियन नोबेल समितिले यो जानकारी दिने एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्रिडनेससँगको फोन वार्तामा नर्गिस मोहम्मदीले आफ्ना वकिलहरू र अन्य स्रोतहरू मार्फत आफूलाई धम्की आएको थाहा पाएकी बताइन् ।'

    विज्ञप्ति अनुसार, नर्गिसले सरकारका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज्यान मार्ने धम्की दिएको बताएकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।