Logo

२०८३, आश्विन १२गते


images
images

आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ

आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ

images
  • आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ
    images
    images

    काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टी पक्राउ परेकी छन् । उनलाई आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख ठगी गरेको आरोप लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    images
    images
    images

    वेदिका शेट्टीलाई आलिया भट्टको प्रोडक्सन हाउस 'इटरनल सनशाइन प्रोडक्सन प्राइभेट लिमिटेड' र आलियाको व्यक्तिगत खाताबाट पैसा निकालेको आरोपमा पक्राउ गरिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार शेट्टीले यी दुवै खाताबाट अवैध रूपमा ७७ लाख रुपैयाँभन्दा बढी रकम निकालेको बताइएको छ । यद्यपि, यस मुद्दामा अनुसन्धान भइरहेको  र अधिकारीहरूले थप खुलासा हुन सक्ने बताएका छन् ।

    images
    images
    images

    प्रहरीले केही महिना अघि आलियाकी आमा सोनी राजदानको उजुरीमा यो मुद्दा दर्ता गरेको र लगभग ५ महिनापछि, आरोपीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा पेश गरिएको थियो । वेदिकामाथि आलियाको हस्ताक्षर नक्कली गरेर दुई वर्षमा ७७ लाख ठगी गरेको आरोप छ ।

    images
    images
    images

    'इटरनल सनशाइन प्रोडक्सन' २०२१ मा आलिया भट्टले स्थापना गरेकी थिइन्। आलियाको यस प्रोडक्सन हाउसको पहिलो फिल्म 'डार्लिङ्स' थियो, जुन शाहरुख खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टसँग मिलेर निर्माण गरिएको थियो । यस फिल्ममा आलिया भट्ट, विजय वर्मा र शेफाली शाहले महत्त्वपूर्ण भूमिका खेलेका छन् । फिल्म नेटफ्लिक्समा स्ट्रिम गरिएको थियो र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।