Logo

२०८३, आश्विन १२गते


images
images

भारतको गुजरातमा पुल भत्कियो : दुई जनाको मृत्यु

भारतको गुजरातमा पुल भत्कियो : दुई जनाको मृत्यु

images
  • भारतको गुजरातमा पुल भत्कियो : दुई जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको गुजरातको बडोदरामा पुल भत्किएको छ । 

    images
    images
    images

    पुलको एक भाग भत्किँदा चारवटा सवारी साधन नदीमा खसेका छन् भने प्रहरीले अहिलेसम्म चार जनालाई उद्धार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा दुई जनाको मृत्यु भएको छ भने हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

    images
    images
    images

    बुधवार बिहान गुजरातको बडोदरा जिल्लामा पुलको एक भाग भत्किँदा कम्तीमा चारवटा सवारी साधन नदीमा खसेका थिए । राज्य राजमार्गको छेउमा रहेको महिसागर नदीमा रहेको गम्भीरा पुल बिहान ७:३० बजे भत्किएको थियो । जसका कारण चारवटा सवारी साधन नदीमा खसेका छन् । जसमा दुई ट्रक र दुई भ्यान नदीमा खसेका थिए । गम्भीरा पुल मध्य गुजरातको महत्त्वपूर्ण पुलहरू मध्ये एक हो । यसले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।