Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पले गरे १४ देशमा नयाँ भन्सार दरको घोषणा

ट्रम्पले गरे १४ देशमा नयाँ भन्सार दरको घोषणा

images
  • ट्रम्पले गरे १४ देशमा नयाँ भन्सार दरको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि लागू हुने गरि १४ देशमा नयाँ भन्सार दरको घोषणा गरेका छन्।

    images
    images
    images

    ट्रम्पले यी देशका नेताहरूलाई पठाएको पत्र सामाजिक सञ्जालमा साझा गरेका छन् र नयाँ भन्सार दरहरूको बारेमा जानकारी दिएका छन् । यससँगै, ट्रम्पले लेखेका छन्- 'तपाईंहरूसँगको हाम्रो सम्बन्धको आधारमा यसलाई परिमार्जन गर्न सकिन्छ ।'

    images
    images
    images

    राष्ट्रपति ट्रम्पले म्यानमारमा ४० प्रतिशत, थाइल्याण्डमा ३६ प्रतिशत, बंगलादेशमा ३५ प्रतिशत, इन्डोनेसियामा ३२ प्रतिशत र दक्षिण अफ्रिकामा ३० प्रतिशत भन्सार शुल्क लगाउने कुरा दोहोर्‍याएका छन् ।

    images
    images
    images

    यसअघि ट्रम्पले जुलाई ९ देखि भन्सार शुल्क लगाउने घोषणा गरेका थिए ।

    ट्रम्पले घोषणा गरे अनुसार अब म्यानमार र लाओसलाई ४० प्रतिशत, थाइल्याण्डलाई ३६ प्रतिशत, बंगलादेश र सर्बियालाई ३५ प्रतिशत, इन्डोनेसियालाई ३२ प्रतिशत, बोस्निया-हर्जगोभिना, दक्षिण अफ्रिकालाई ३० प्रतिशत, ट्युनिसिया, मलेसिया, काजाकिस्तान, दक्षिण कोरिया र जापानलाई २५ प्रतिशत भन्सार लाग्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।