Logo

२०८३, आश्विन १०गते


images
images

रुसको इजेभ्स्कमा युक्रेनले ड्रोन आक्रमण, तीन जनाको मृत्यु

रुसको इजेभ्स्कमा युक्रेनले ड्रोन आक्रमण, तीन जनाको मृत्यु

images
  • रुसको इजेभ्स्कमा युक्रेनले ड्रोन आक्रमण, तीन जनाको मृत्यु
    images
    images

    काठमाडौँ । रुसको इजेभ्स्क शहरमा युक्रेनले ड्रोन आक्रमण गरेको छ । इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीन जनाको मृत्यु भएको र ४५ जना घाइते भएको रुसी मिडियाले जनाएका छन् ।

    images
    images
    images

    गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छ जना गम्भीर घाइते भएको बताए । उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणको बारेमा जानकारी गराएको र सो क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको बताए ।

    images
    images
    images

    ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई लक्षित गरेको बताइएको छ । यो एक सैन्य कारखाना हो, जसले सतहबाट हावामा प्रहार गर्ने टोर मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्दछ ।

    images
    images
    images

    युक्रेनी मिडियाका अनुसार, प्लान्टले ओसा वायु रक्षा प्रणालीको उत्पादनमा पनि विशेषज्ञता राख्छ । यसले धेरै ड्रोनहरू पनि विकास गरेको छ । एक युक्रेनी अधिकारीले युक्रेनको सुरक्षा सेवाका दुई ड्रोनहरूले लगभग १३ सय किलोमिटर टाढा अवस्थित कुपोल प्लान्टमा आक्रमण गरेको विविसीले उल्लेख गरेको छ ।

    नोभेम्बर २०२४ पछि कुपोल कारखानामा यो दोस्रो युक्रेनी ड्रोन आक्रमण हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।