Logo

२०८३, आश्विन १०गते


images
images

आजको राशिफल

आज कात्तिक २३ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज कात्तिक २३ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज कात्तिक २३ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

     ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ कात्तिक २३ गते मंगलबार । तदनुसार ९ नोभेम्बर  २०२१ । श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images


    आजको राशिफल:

    images
    images
    images


    वि.सं. २०७८ कार्तिक २३ । ई.सं. 2021 Nov 09 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । सम्बतर - राक्षस । दक्षिणायन । शरद । मंगलवार । कार्तिक शुक्लपक्ष । तिथि - पञ्चमी, दिउसो ४ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र - पूर्वाषाढा, रात्री १० बजेर ५९ मिनेट उप्रान्त उत्तराषाढा । योग - धृति, साझ ६ बजेर २९ मिनेट उप्रान्त शूल । करण - वालव दिउसो ४ बजेर ०२ मिनेट देखि कौलव, रात्री २ बजेर ५८ मिनेट उप्रान्त वणिज । चन्द्रराशि - धनु । आनन्दादि योग - मित्र । दिनमान २७ घडी ०९ पला । सूर्योदय बिहान ६ बजेर २१ मिनेटमा हुनेछ । सूर्यास्त साझ ५ बजेर १३ मिनेटमा हुनेछ । विश्व स्वतन्त्रता दिवस ।

    images
    images
    images

    आज चन्द्रमा धनु  राशीमा भएकोले कुनै शुभ कार्य गर्दा पुर्व वा उत्तर दिशा फर्केर गर्नु राम्रो हुनेछ ।
     
    आजको राशिफल 

    मेष 

    आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    मेष राशिको लागि शुभ रातो रंग शुभ हुनेछ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
     
    वृष 

    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    वृष राशिको लागि शुभ खैरो रंग शुभ हुने छ भने ३ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
     
    मिथुन 

    मनसिक सन्तोष मिल्नेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला । 

    मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    कर्कट 

    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    कर्कट राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ । 
     
    सिंह 

    प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ । 
     
    कन्या 

    कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    तुला 

    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    तुला राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    वृश्चिक 

    सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएको वायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ । 

    वृश्चिक राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
     
    धनु 

    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
     
    मकर 

    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    मकर राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
     
    कुम्भ 

    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

    कुम्भ राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    मीन 

    मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुने योग छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।

    मीन राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।