Logo

२०८३, आश्विन १०गते


images
images

भारतको तेलङ्गानास्थित औद्योगिक क्षेत्रमा विस्फोट, ३४ जनाको मृत्यु

भारतको तेलङ्गानास्थित औद्योगिक क्षेत्रमा विस्फोट, ३४ जनाको मृत्यु

images
  • भारतको तेलङ्गानास्थित औद्योगिक क्षेत्रमा विस्फोट, ३४ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको तेलङ्गानाको संगारेड्डीस्थित पसामिलाराम औद्योगिक क्षेत्रमा भएको रिएक्टरमा विस्फोटबाट भएको ठूलो आगलागीमा ३४ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    भारतीय मिडिया भास्करका अनुसार केमिकल कारखानामा भएको यस दुर्घटनामा चार जनाको पहिचान भएको र बाँकीको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ । यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । सबैको उपचार भइरहेको छ ।

    images
    images
    images

    यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ । यसबाहेक ५७ जना सकुशल फेला परेका छन् ।

    images
    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना बारे दुख व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- 'तेलङ्गानाको संगारेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मानिसहरूको मृत्यु भएकोमा म दुःखी छु । हाम्रा समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।' मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहत दिने समेत बताएका छन् ।

    यसका साथै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।