Logo

२०८३, आश्विन १०गते


images
images

आजको राशिफल

आज कात्तिक २२ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज कात्तिक २२ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज कात्तिक २२ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ कात्तिक २२ गते सोमबार । तदनुसार ८ नोभेम्बर  २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग

    images
    images
    images


    वि.सं. २०७८ कार्तिक २२ । ई.सं. 2021 Nov 08 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । सम्बतर - राक्षस । दक्षिणायन । शरद । सोमवार । कार्तिक शुक्लपक्ष । तिथि - चतुर्थी , साझ ६ बजेर  १६ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र - मूल , 12 बजेर  २८ मिनेट उप्रान्त पूर्वाषाढा । योग - सुकर्मा, 09 बजेर  २९ मिनेट उप्रान्त धृति । करण - वणिज ७ बजेर  २७ मिनेट देखि भद्रा, ६ बजेर  १६ मिनेट उप्रान्त तैतिल । चन्द्रराशि - धनु । आनन्दादि योग - लुम्ब । दिनमान २७।१३ । सूर्योदय बिहान  ६ बजेर  २० मिनेटमा हुनेछ । सूर्यास्त साझ ५ बजेर  १३ मिनेटमा हुनेछ ।  

    images
    images
    images

    आज चन्द्रमा धनु राशीमा भएकोले कुनै शुभ कार्य गर्दा पुर्व वा उत्तर दिशा फर्केर गर्नु राम्रो हुनेछ ।

     

    आजको राशिफल :- 

    मेष 
    स्वास्थ्य-चिन्ताले अध्ययनमा बाधा हुनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । तर, नयाँ काम थाल्न उचित समय पर्खनुहाेला । आफ्नाे लाभांशमा अरूले दाबी गर्न सक्छन् । अवसर प्राप्त भए पनि केही चुनाैती सामना गर्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन् ।

    मेष राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

     
    बृष 
    व्याहारिक अलमलले काममा बाधा पुर्याउन सक्छ । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट धाेका पाइनेछ । दोहोर्याएर प्रयत्न गर्दा पहिले रोकिएको काम बन्न सक्छ । हतारको निर्णयले समस्या निम्त्याउनेछ । अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

    बृष राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

     
    मिथुन 
    विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ । नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ । मेहनतले दैनिकीमा परिवर्तन आउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

    मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

     
    कर्कट 
    अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ ।

    कर्कट राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

     
    सिंह 
    रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । 

    सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।

     
    कन्या 
    अवसरका लागि दौडधुप गर्नुपर्नेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ । आफन्तबाट टाढा रहनुपर्ला । आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । सानो कामलाई अधिक खर्च हुनेछ । अर्थ अभाव टार्न कर्जा लिनुपर्ला ।

    कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

     
    तुला 
    आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । तापनि परिश्रमको फल प्राप्त हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । दिगो काममा लगानी गर्ने मौका छ । तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

    तुला राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

     
    वृश्चिक 
    विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ । कर्तव्यपरायण रहनुहोला । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्य सिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउनेछ ।

    वृश्चिक राशिको लागि शुभ खैरो रंग शुभ हुनेछ भने ( नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

     
    धनु 
    आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ । अरूको उपकार गर्न सकिनेछ । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ ।

    धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने $ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

     
    मकर 
    कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ । मिहिनेतकाे प्रतिफल भने प्राप्त हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग पाइनेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला ।

    मकर राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

     
    कुम्भ 
    विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । घुमफिर तथा मनोरञ्जनकाे समय छ । पहिलेको सफलताले हौसला जगाउनेछ भने काममा साथ दिनेहरू फेला पर्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ ।

    कुम्भ राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ । 

     
    मीन 
    परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ । प्रयत्न गर्दा स्रोतसाधन जुटाउन सकिनेछ । पछिका लागि लगानी गर्नुपर्ने समय छ । खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

    मीन राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।