Logo

२०८३, श्रावण २७गते


images
images

धान दिवस : शहिद परिवारको खेतमा माओवादी नेताको श्रमदान

धान दिवस : शहिद परिवारको खेतमा माओवादी नेताको श्रमदान

images
  • धान दिवस :  शहिद परिवारको खेतमा माओवादी नेताको श्रमदान
    images
    images

    लुम्बिनी । राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ वेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेका छन् ।

    images
    images
    images


    माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे, संविधानसभा सदस्य शारदा घिमिरे, वाइसिएलका केन्द्रीय उपाध्यक्ष माधव बस्नेतसहित करिब ८० जना नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

    images
    images
    images

    उनीहरूले दिनभरमा १० कठ्ठा खेतमा धान रोपेको जनाइएको छ ।

    images
    images
    images

    पार्टीका रुपन्देही जिल्ला संयोजक नारायण जिसी (निर्मल) ले श्रमसँग पार्टीको सम्बन्धलाई सुदृढ गर्दै शहीद परिवारप्रतिको सम्मान स्वरूप यो अभियान चलाइएको बताए ।

    माओवादी केन्द्र। .jpeg

    रोपाइ कार्यक्रमले शहीद परिवारलाई सघाउने मात्र नभइ, नेताहरुलाई शहिद परिवारको पिर मर्का नजिकबाट बुझ्ने अवसर जुटाइदिएको पार्टीले जानाएको छ  ।

    श्रममा संलग्न नेता तथा कार्यकर्ताहरूको सहयोगप्रति शहीद यादवको परिवारले खुसी व्यक्त गरेको छ ।

    शहीद रमेश यादवको २०६२ सालमा तत्कालिन शाही सेनाले नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।