Logo

२०८३, आश्विन १२गते


images
images

भारतको उत्तराखण्डमा पहिरो जाँदा नौ कामदार बेपत्ता

भारतको उत्तराखण्डमा पहिरो जाँदा नौ कामदार बेपत्ता

images
  • भारतको उत्तराखण्डमा पहिरो जाँदा नौ कामदार बेपत्ता
    images
    images

    काठमाडौँ । भारतको उत्तराखण्डको सिलई बन्द नजिकै पहिरो जाँदा नौ कामदार बेपत्ता भएका छन् । 

    images
    images
    images

    उत्तरकाशी प्रहरीले यमुनोत्री राष्ट्रिय राजमार्गको पालिगडबाट करिब ४-५ किलोमिटर टाढा सिलई बन्द नजिकै पहिरोका कारण ९ जना कामदार बेपत्ता भएको जानकारी दिएको छ । अहिले राहत र खोज तथा उद्धार कार्य भइरहेको उत्तरकाशी प्रहरीले जनाएको छ ।'

    images
    images
    images

    प्रहरीका अनुसार श्रम शिविर पहिरोको चपेटामा परेको थियो । शिविरमा १९ जना कामदार बस्दै आएका थिए । यीमध्ये दश जना कामदार सुरक्षित छन् र उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

    images
    images
    images

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा उद्धार टोली पुगेको र गहन राहत र उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।