Logo

२०८३, आश्विन १०गते


images
images

कृषिका कुरा

कृषिमा आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनुपर्छ- प्रधानमन्त्री ओली

कृषिमा आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनुपर्छ- प्रधानमन्त्री ओली

images
  • कृषिमा आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनुपर्छ- प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज असार १५ मा मनाइने धान दिवसको अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्ने उल्लेख छ ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना, यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति भएको उल्लेख गरेका छन् ।  

    images
    images
    images

    उनले भनेका छन् ः 

    images
    images
    images

    माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ । तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ । त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ । 

    कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।