Logo

२०८३, आश्विन १०गते


images
images

क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

images
  • क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको भन्दै व्यापार वार्ता तुरुन्तै अन्त्य गर्ने बताएका हुन् ।

    images
    images
    images

    ट्रम्पले यो कदम यस्तो समयमा उठाएका छन्, जब अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जनाउने दिशामा काम गरिरहेका थिए ।

    images
    images
    images

    यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेदेखि ट्रम्पले 'व्यापार युद्ध' सुरु गरेका छन् । त्यसबेलादेखि दुवै देशले एकअर्काको सामानमा कर लगाएका छन् ।

    ट्रम्पले अर्को हप्ता नयाँ शुल्क लगाउने घोषणा पनि गर्ने बताएका छन् । ट्रम्पले भनेका छन्- 'हामी क्यानडासँगको व्यापार सम्बन्धी सबै छलफलहरू तत्काल प्रभावबाट समाप्त गर्दैछौं । हामी क्यानडालाई अमेरिकासँग व्यापार गर्न कति कर तिर्नुपर्छ भनेर आगामी सात दिन भित्र बताउनेछौं ।'

    यद्यपि, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग वार्ता जारी राख्ने संकेत गरेका छन् । उनले भने- 'हामी क्यानडाका जनताको हितमा यी वार्ताहरू जारी राख्नेछौं ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।