ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ कात्तिक १७ गते बुधबार । तदनुसार ३ नोभेम्बर २०२१ । श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
आजको पंचाङ्ग
वि.सं. २०७८ कार्तिक १७ । ई.सं. 2021 November 03 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । सम्बतर - राक्षस । दक्षिणायन । शरद । बुधवार । कार्तिक कृष्णपक्ष । तिथि - त्रयोदशी ७ बजेर १४ मिनेट देखि चतुर्दशी । नक्षत्र - हस्त , ९ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग - विष्कम्भ, ३ बजेर २१ मिनेट उप्रान्त प्रीति । करण - वणिज ७:१४ बजेदेखि भद्रा, ३ बजेर २५ मिनेट उप्रान्त किंस्तुघ्न । चन्द्रराशि - कन्या । आनन्दादि योग - आनन्द । दिनमान २७।३० । सूर्योदय बिहान ६ बजेर १७ मिनेटमा हुनेछ । सूर्यास्त साझ ५ बजेर १७ मिनेटमा हुनेछ । कागतिहार, काकबलि, स्वन्तिच:ह्रेपूजा, नरकचतुर्दशी, कुकुरतिहार, रात्रिको अन्त्य बिहानीपख तेललगाएर स्नानगर्ने ।
आज चन्द्रमा कन्या राशीमा भएकोले कुनै शुभ कार्य गर्दा पुर्व वा दक्षिण दिशा फर्केर गर्नु राम्रो हुनेछ ।
आजको राशिफल
मेष
आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
मेष राशिको लागि शुभ रातो रंग शुभ हुनेछ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
वृष
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
वृष राशिको लागि शुभ खैरो रंग शुभ हुने छ भने ३ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
मिथुन
मनसिक सन्तोष मिल्नेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला ।
मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
कर्कट
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
कर्कट राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
सिंह
प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
कन्या
कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
तुला
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
तुला राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
वृश्चिक
सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएको वायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ ।
वृश्चिक राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
धनु
पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
मकर
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
मकर राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
कुम्भ
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
कुम्भ राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
मीन
मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुने योग छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।
मीन राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology