Logo

२०८३, आश्विन ९गते


images
images

२४ वर्षपछि एकसाथ देखिए टम क्रूज र ब्राड पिट

२४ वर्षपछि एकसाथ देखिए टम क्रूज र ब्राड पिट

images
  • २४ वर्षपछि एकसाथ देखिए टम क्रूज र ब्राड पिट
    images
    images

    काठमाडौँ । हलिउड सुपरस्टार टम क्रूजले लन्डनमा ब्राड पिटको आगामी खेलकुद-नाटक 'एफ १' को प्रिमियरमा उपस्थित भएर सबैलाई चकित पारे । दुबै २४ वर्षपछि सँगै देखिएका छन्, यसका तस्बिरहरू टम क्रूजले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्, जुन बढ्दो रूपमा भाइरल भइरहेका छन् । उनीहरुका फ्यान पनि उनीहरूलाई सँगै हेर्न धेरै उत्साहित देखिएका छन् ।

    images
    images
    images

    हलिउड अभिनेता ब्राड पिटको आगामी फिल्म 'ए१' को लन्डनमा प्रिमियर गरिएको थियो । यस क्रममा धेरै ठूला स्टारहरू उपस्थित थिए । तर, यो प्रिमियर त्यतिबेला चर्चाको विषय बन्यो, जब हलिउड सुपरस्टार टम क्रूज कार्यक्रममा भाग लिन पुगे र दुवै कलाकारहरू लगभग २४ वर्षपछि सँगै देखिए । दुवैलाई अन्तिम पटक सन् २००१ मा 'अमेरिका: अ ट्रिब्यूट टु हिरोज' कन्सर्टमा देखाइएको थियो । टम क्रूजले आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरू सेयर गरेका छन्, जसमा उनी ब्राड पिटसँग देखिएका छन् । यस पोस्टको क्याप्सनमा उनले लेखेका छन्, यो साथीहरूसँगको एक उत्कृष्ट चलचित्र रात थियो ।

    images
    images
    images

    टम क्रुज र ब्राड पिटको तस्बिर भाइरल हुने बित्तिकै, प्रयोगकर्ताले दुवैले सँगै फिल्म बनाउनुपर्नेमा जोड दिएका छन् । 

    images
    images
    images

    ब्राड पिट अभिनीत 'एफ१' एक खेलकुद नाटक फिल्म हो, जुन जुन २५ मा थिएटरहरूमा रिलिज हुनेछ । यस फिल्ममा जेभियर बार्डेम, ड्यामसन इद्रिस, केरी कोन्डन, टोबियास मेन्जीज, किम बोडनिया पनि मुख्य भूमिकामा छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टम क्रूज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।